२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा शीर्ष नेताहरूको सम्बोधन : संविधान संशोधन, कार्यान्वयन र आर्थिक समृद्धिमा जोड

अ+ अ-

काठमाडौं । राष्ट्रिय दलको मान्यता पाएका दलका शीर्ष नेताहरूले संविधान संशोधन र कार्यान्वयन गर्दै मुलुकको अर्थतन्त्र विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेताहरूले समृद्धिमा जोड दिएका हुन् । बैठक सुरु हुनासाथ एमाले नेता माधवकुमार नेपालले जनताले बुद्धिमानीपूर्ण ढंगले वाम गठबन्धनलाई जनमत दिएकाले जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बताएका छन् । नेपालले वामपन्थी अधिनायकवादी हुन्छन् भन्ने प्रचार गरिएकाले भ्रम चिर्ने वेला आएको बताए । उनले भने, ‘वाम गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ । हामी विधिको शासनमा विश्वास गर्छौँ । यो सरकारले जनअपेक्षाअनुसार काम गर्न सक्नुपर्छ ।’

अन्तर्राष्ट्रिय समुदायको नेपालप्रति ठूलो सद्भाव रहेको बताउँदै नेपालले नेपालीहरूको स्वाभिमान उच्च राख्नुपर्ने बताए । उनले केही राष्ट्रिय गीतको उदाहरण दिँदै मुलुकलाई भ्रष्टाचारमुक्त गर्नुपर्ने बताए । कानुनी संरचना र प्रशासन परिवर्तनमा विशेष जोड दिन उनले सरकारलाई सुझाए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धन नेतृत्वको सरकारलाई सफलताको कामना गर्दै सरकारको राम्रो काममा सहयोग गर्ने बताए । देउवाले यसअघि संविधान संशोधन गर्न खोजेको स्मरण गर्दै संशोधनमार्फत सबैको भावना समेट्न सरकारलाई सुझाब दिए । तर, उनले संविधानको आधारभूत कुरामा परिवर्तन गर्न नहुने बताए । देउवाले भने, ‘संविधानका आधारभूत कुरालाई परिवर्तन गर्ने काम नहोस् । आधारभूत कुरा नखुस्कियोस् । हामी विपक्षी पार्टीको भूमिका खेल्छौँ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो । हामी पूरा सहयोग गर्न तयार छौँ ।’

००७ पछिको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै देउवाले संविधान घोषण तथा यसको कार्यान्वयनमा आफूहरूको भूमिका महत्वपूर्ण रहेको दाबी गरे । स्वदेशी तथा विदेशी लगानी ल्याएर मुलुकको पर्यटन, उद्योग, भौतिक पूर्वाधार, जलस्रोत र ऊर्जाको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गतिशील ढंगले संविधान संशोधन गर्न तयार रहेको बताउनु राम्रो संकेत भएको बताए । प्रचण्डले संविधानलाई विकसित र परिमार्जित गर्न आवश्यक रहेकोसमेत बताए । आफू प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालमा रहँदा पनि संविधान संशोधनको प्रयास गरेको स्मरण उनले गरे ।

संविधानले मुलुक समाजवादउन्मुख हुने बताएको, तर त्यसो हुन नसकिरहेकाले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन राष्ट्रिय एकता अपरिहार्य रहेको उनले औँल्याए । उनले भने, ‘हामी लड्दा जनता र देशले ठूलो क्षति व्यहोर्नुपर्‍यो । अब मिलेर अघि बढ्ने मौका आएको छ ।’ वाम गठबन्धन धेरै दिन नरहने र छिटै पार्टी एक हुने उनले बताए ।

प्रचण्डले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा मात्रै चल्न नहुनेमा समेत जोड दिए । उनले भने, ‘राजनीतिक नेतृत्व सच्चिन आवश्यक छ । मुलुकको अर्थतन्त्र उकास्ने जिम्मा हाम्रै हो ।’ भ्रष्टाचार संस्थागत रूपमा मौलाइरहेकोप्रति दुःख व्यक्त गर्दै उनले सरकार दण्ड र पुरस्कारको व्यवस्था गरेर अगाडि बढ्नुपर्ने बताए ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मुलुकमा लडाइँ र झगडाको युग समाप्त गर्न चाहेको बताए । महतोले सबै पक्षको माग र असन्तुष्टि सम्बोधन गर्न करिब दुईतिहाइ मतनजिक रहेको वाम गठबन्धनलाई ठूलो छाती बनाउन आग्रह गरे । उनले भने, ‘वाम गठबन्धन झन्डै दुईतिहाइनजिक छ । उनीहरूले ठूलो छाती बनाएर सबैलाई समेट्नुपर्छ । हामी पनि लडाइँ र झगडाको युग समाप्त गर्न चाहन्छौँ ।’ उनले पनि मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील दस्ताबेज भएकाले संशोधन गरेर जानुपर्ने बताए । संविधान घोषणा हुँदा एक शक्ति सडकमा रहेको र अर्को शक्तिले दीपावली मनाइरहेको प्रसंग निकाल्दै यादवले संशोधनबाट त्रुटि सच्याउँदै सबैले मेरो भन्ने संविधान बनाउनुपर्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments