काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन्। सरकार बाहिरै बसेर आफूहरूले ओली नेतृत्वको सरकारलाई सघाउने बताए।
काँग्रेस–एमालेले संविधान संशोधनको मुद्दा अघि सारेकाले आफूहरूले बाहिरै बसेर साथ दिन लागेको उनले बताए।
काँग्रेस एमालेको मिलनबारे उनले थपे, ‘संविधान संशोधनको एजेण्डा हाम्रो हो। उहाँहरूले अहिले समेट्नुभएको छ। त्यसैले अब हामी बाहिर बसेर काम हेर्छौँ। संविधान संशोधन गर्नुपर्छ भनेर हामीले घोषणा भएदेखि भन्दै आएका हौँ।’
काँग्रेस एमाले सरकारको काम गरेर सरकारमा जाने नजाने पछि निर्णय हुनसक्ने बताए। तर, प्रधानमन्त्री ओलीले काँग्रेस एमालेसहित अशोक राई नेतृत्वको जसपा र लोसपालाई समेटेर सरकारलाई पूर्णता दिइसकेका छन्। अब सरकारमा तीन जना राज्यमन्त्री मात्रै थप्न बाँकी छ।