२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सटरभाडा करोड, संरचना भने जर्जर

अ+ अ-

काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाकशाला ९संस्कृत छात्रावास० को सटर भाडाबाट मात्र वार्षिक १ करोड २७ लाख रुपैयाँ उठ्छ । तर ऐतिहासिक महत्त्व बोकेको यसको भित्री अवस्था भने दयनीय छ । विद्यार्थी बस्ने कोठा कामचलाउ छन् भने पुस्तकालय भवन चुहिने बनेको छ ।

छात्रावासभन्दा पूर्वतर्फ पुराना नुहाउने कोठा छन् । शौचालयहरू कोठाभन्दा टाढा रहेकाले विद्यार्थीले समस्या भोगेका छन् । न यहाँ विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप नै छ ।

सटर भाडाबाट वार्षिक एक करोडभन्दा बढी उठे पनि यहाँभित्रको भौतिक संरचना निर्माणका लागि बजेट अभाव भएको बताउने गरिन्छ । वाल्मीकि विद्यापीठका उपप्राध्यापकसमेत रहेका वार्डेन अर्जुनबाबु दाहाल भन्छन्, ‘पुस्तकालय भवन चुहिने भएपछि बजेट अभावमा पुनर्निर्माण हुन सकेको छैन ।’ पुस्तकालयमा करिब ५ हजार पुस्तक छन् । क्याम्पस प्रशासनले छात्रावासका विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक कार्यक्रम केही पनि गराएको छैन । ‘त्यस्ता सिर्जनात्मक क्रियाकलापको कुनै तालिका छैन,’ दाहालले भने ।

‘सटर भाडाको रकम विश्वविद्यालयको खातामा जान्छ,’ वाल्मीकि क्याम्पसका प्रमुख गणेशप्रसाद घिमिरेले भने, ‘क्याम्पस र छात्रावास मर्मतसुधार र पुनर्निर्माण केही पनि भएको छैन ।’ अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र दाताको सहयोगमा केही सुधार गर्ने कदम अघि बढेको उनले जनाए । यसबारेमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले बोल्न चाहेनन् । टेलिफोनमा उनले भने, ‘क्याम्पस प्रमुखसँग सोध्नुहोस् ।’ साढे सात रोपनी क्षेत्रफलमा रहेको छात्रावासका ४ भवन छन् । तिनका २४ वटा सटर भाडामा दिइएका हुन् ।

छात्रावासको सुधार होला भन्ने अपेक्षा भए पनि यत्तिमै चित्त बुझाउनुपरेको विद्यार्थीको भनाइ छ । ‘सेवा सुविधा हुने ठाउँ हो, तर सम्बन्धित निकायले ध्यान दिन नसक्दा यतिमै चित्त बुझाएका छौं,’ आचार्य प्रथम वर्षका राजेश घिमिरे भन्छन्, ‘संस्कृत शिक्षालाई राज्यले व्यवस्थापन गर्न सकेको भए हामीजस्ता युवाको भविष्य अन्योलमा पर्ने थिएन ।’

यहाँ रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयका ८, ९ र १० कक्षाका ३५ र वाल्मीकि विद्यापीठका ३१ छात्र बस्छन् । छात्रावासमा छात्राका लागि १६ सिट भए पनि अहिले बस्दैनन् । बोलपत्र आह्वानबाट वार्षिक १ सय ११ जना विद्यार्थीका निम्ति खाद्यान्न व्यवस्थापन गरिने र त्यसका लागि वार्षिक ५८ लाख रुपैयाँ खर्च हुने गरेको छात्रावास प्रशासनको भनाइ छ । छात्रावास रेखदेख तथा व्यवस्थापनका निम्ति २७ कर्मचारीको दरबन्दी छ । हाल २२ जना कार्यरत छन् । जसमा वार्डेन, प्रशासक, चौकीदार, धोबी, कुचिकारलगायत छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments