२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ

अ+ अ-

चितवन । सामाजिक सञ्जाल फेसबुकमा महिला र युवतीलाई साथी बनाएर पैंसाका लागि धम्काएको आरोपमा चितवन प्रहरीले एकजनालाई गिरफ्तार गरेको छ ।

नवलपुरको कावासोती घर भइ भरतपुर महानगरपालिका–१२ राधाकृष्णचोकमा बस्दै आएका सुविन केसी भनिने तीर्थ सापकोटालाई चितवन प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालका अनुसार सापकोटाले केही महिनायता महिला र युवतीहरुलाई फेसबुकमा साथी बनाउँदै फोटोहरु संकलन गरेर अश्लिल भिडियो बनाएर फोटो र भिडियो उनीहरुलाई देखाउँदै पैसा माग्दै आएका थिए । उनले भरतपुर–२२ पटिहानीकी एकजना युवतीबाट ५० हजार रुपैयाँ लिइसकेको प्रहरीले जनाएको छ ।

‘गत माघमा ५० हजार रुपैयाँ लिएपछि फेरि पनि दुईवटा मोबाइल फोन नम्बरबाट ती युवतीलाई पटक पटक फोन गरी तीन लाख रकम माग गरेको खुल्न आएको छ,’ डीएसपी ढकालले भने । पैंसा नदिए अश्लिल फोटो र भिडियो फेसबुकमा राख्ने धम्की दिदैँ आएपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

उजुरीपछि छानबिन र खोजी सुरु भएको थियो । सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरेका हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments