२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा नियमित शून्य समय चलाइने

अ+ अ-

काठमाडौँ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रूपमा शून्य समय राख्ने निर्णय गरेको छ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको जानकारी गराएका हुन् । यसअघि राष्ट्रिय सभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो । 

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय उठाए ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरु पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताए । सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्तालाई उनीहरूको घरघरमा पुर्‍याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने धारणा राखिन्।

सांसद रेणु चन्दले देशभरका विभिन्न स्थानमा बाढी र पहिरोका कारण तटबन्ध भत्किएको र विभिन्न स्थानका बस्तीहरू असुरक्षित भएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद विष्णुकुमारी सापकोटाले बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरूका परिवारलाई राहत र क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको स्वास्थ्य उपचार र विस्थापितलाई पुनः स्थापना गरिनुपर्ने बताइन् ।

सांसद कृष्णप्रसाद अधिकारीले नुवाकोटको बञ्चरेडाँडास्थित ‘ल्यान्डफिल्ड साइट’ वरपरका बस्तीहरू विभिन्न रोगको जोखिममा रहेको विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।