काठमाडौँ । सुपरमाई हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ ।
कम्पनी १०८ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको यस कम्पनीले ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । यस कम्पनीको बजार मूल्य करिब १२ सय छ ।