१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र एमालेबीच कुनै समस्या छैन : गृह मन्त्री लेखक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सरकार गृह मन्त्री रमेश लेखकले वर्तमान सरकार र समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले र काँग्रेसबीच राम्रो वातावरण रहेको र कसैले पनि अफ्ठयारो पार्न नसक्ने बताएका थिए ।

‘अहिले समीकरणमा नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा अत्यन्त स्वहार्दपूर्ण, सरल र राम्रो वातावरण छ । कुनै खालको पनि कन्फ्युजन, कुनै खालको अफ्ठेरो, समस्या छैन । यसमा अफ्ठेरो समस्या पार्न खोजे पनि पार्न सक्ने अवस्था छैन’ पत्रकार सम्मेलनमा उनले भने ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिका विषयमा आफूले मन्त्रीसँग कुरा गरेको र त्यो विषय सन्किसकेको समेत उनले टिप्पणी गरेका थिए ।

मन्त्री गुरुङले राजधानीमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले प्रहरी महानिरीक्षक कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए ।

उक्त विषयबारे गृहमन्त्री लेखकले भने, ‘उहाँले कुनै सन्दर्भमा त्यो भनेको हो । बाहिर जुन सन्दर्भमा आयो मैले त्यसरी भनेको होइन सामान्य विषयमा भनिएको हो भन्नु भएको छ । त्यो कुरा सकिसकेको छ ।’

मुलुकमा राजनीतिक स्थिरताको लागि काँग्रेस र एमाले एक ठाउँमा आउनु परेको समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस