२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका नेताहरुले गरे ‘प्रचण्ड’सँग भेट

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। बिहीबार दिउँसो खुमलटार पुगेर एमाले बागमती प्रदेश इन्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इन्चार्ज र पालिका इन्चार्जहरू, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरूको प्रतिनिधि मण्डल खुलमटार पुगेका हुन्।

‘प्रचण्ड’लाई भेटेर नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जारी गरेको परिपत्रको विषयमा छलफल गरेको एमाले नेता राजन भट्टराईले बताए।

अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै ‘प्रचण्ड’ले जनसरोकारका विषयमा माओवादीको समर्थन रहने प्रतिबद्धता रहेको जनाए। त्यसबारे आफ्नो दलबाट औपचारिक निर्णय गरेर सरकारले भ्याकेटमा जाँदा समर्थन जनाउने प्रचण्डले प्रतिबद्धता जनाएको उनले बताएका छन्।

भेटमा ‘प्रचण्ड’ले नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको बैठक बसेर धारणा सार्वजनिक गर्ने जनाएको एमालेका नेता आनन्द पोखरेलले बताए।

उनले एमाले नेताहरूसँगको भेटमा बालेनले व्यवहारिक कुरालाई भन्दा लोकप्रियतालाई हेर्ने गरेको टिप्पणी गरेको पनि नेता पोखरेलले जनाए। यो विषयलाई लिएर एमालेका नेताहरू नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पनि पुगेका थिए। .