२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलेसीको प्रवेशद्वार ढलान गरिँदै

अ+ अ-

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुंगे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ । संघीय सरकार, सहरी विकास मन्त्रालयको भ्याटसहित रु. आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्ने गरी ढलान सुरु गरिएको हो ।

गत जेठ २९ गते सम्झौता गरिएको दुवै सडकको काम आगामी असार २९ गतेभित्र सम्पन्न गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगासँग सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।

दुवै सडकको पूर्वसहरी विकास मन्त्री सीता गुरुङले शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिन् । आयोजनाको शिलान्यास गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेकी गुरुङले विश्व प्रसिद्ध त्रि धार्मिक एवं पर्यटकीय स्थल हलेसीलाई अब थप व्यवस्थित बनाउन ढलान थालिएको बताइन् । उनले आफू मन्त्री हुँदा गत आवमा उक्त दुवै सडक ढलानसम्बन्धी आयोजनाका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको जानकारी दिइन्।

प्रतिनिधिसभाका सांसद सरस्वती बजिमयले यस वर्ष कार्यान्वयनमा ल्याइएको सडक ढलानको आयोजनाले हलेसीमा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । शिलान्यास कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष ललितकुमार राई, स्थानीय जनप्रतिनिधिलगायत व्यक्ति सहभागी भएका थिए।

एक वर्षभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको उक्त आयोजनाअन्तर्गत हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्वारसम्मको सडक ढलान तथा पार्किङ स्थल निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राईले बताइन्। उनका अनुसार रक गार्डेन जाने करिब एक हजार दुई सय मिटर सडक ढलान पनि सोही बजेटबाट हुनेछ ।

आयोजना सम्पन्न भएपश्चात् हलेसी मन्दिर परिसरमा धार्मिक पर्यटनको आगमन वृद्धि हुनाका साथै स्थानीयको आर्थिक स्तर वृद्धि हुने अपेक्षा लिइएको नगरप्रमुख राईले उल्लेख गरिन् । “त्रिधार्मिकस्थल हलेसीमा दैनिक देश र विदेशबाट दर्शन र भ्रमण गर्न पर्यटक आउने गरेका छन् । मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा पर्यटकलाई असहज भइरहेको थियो”, उनले भनिन, “हलेसी नजिक रहेको पर्यटकीय स्थल रक गार्डेन जाने सडक पनि सोही आयोजनाअन्तर्गत ढलान हुँदैछ ।”

मन्दिर प्रवेशद्वारको सडक ढलानसँगै त्यसमाथि आकर्षक ढुंगा बिच्छ्याइने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इञ्जिनियर गणेश पाण्डेले बताए । प्रवेशद्वार नजिक निर्माण गरिने पार्किङ स्थलमा तीन प्रकारका सवारीसाधन छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइने छ । धार्मिक तथा प्राकृतिक रूपमा विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा यसअघि निर्माण गरिएका हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको इञ्जिनियर पाण्डेले जानकारी दिए।

कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु. एक करोड ४४ लाख ८४ हजार चार सय ९० को लागतमा निर्माण गरिएका दुई हवन कुण्ड गत साउन २१ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।

हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा यहाँ रहेकाले यस क्षेत्रको चौतर्फी विकासमा संघ, प्रदेश र स्थानीय सरकारसँगै मन्दिर व्यवस्थापन समिति सक्रिय रूपमा लागिपरेको नगरप्रमुख राईले बताए ।

यहाँ आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । निगमबाट प्राप्त रु. दुई करोड तथा नगरपालिकाबाट आव २०७९/८० मा रु. दुई करोड ९६ लाख बजेट विनियोजन गरी अतिथि गृहको भौतिक संरचना निर्माण गरिएको हो ।