काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आर्थिक वर्ष २०८०-८१ मा ७ हजार ८ सय करदाता थपिएका छन् । महानगरका अनुसार आर्थिक वर्ष २०८०–८१ मा बहाल करतर्फ ३ हजार ३१७ जना करदाता थप भएको छ ।
यस्तै व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाता थप भएको छ ।
महानगरले करको दायरा बढाउन प्रत्येक वडामा घरदैलो कार्यक्रम समेत गरेको थियो । कर दाताको संख्या बढेसँगै राजस्वमा वृद्धि हुने अनुमान महानगरको छ ।







