काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ तिलगंगा बागमती खोला पुलमा अड्किएको अवस्थामा एक शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार तिलगंगाको किरिया पुत्री घरपछाडि पुलमा अड्किएको अवस्थामा शव फेला परेको हो ।
उक्त शवको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।







