२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई महिनामा सात अर्ब ५५ करोडको विद्युत् निर्यात

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले रु. सात अर्ब ५४ करोड ६१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, साउन र भदौ महिनामा देशभित्र खपत गरेर अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरिएको छ।

प्राधिकरणका तथ्यांक अनुसार, साउन महिनामा रु. तीन अर्ब ९९ करोड ५६ लाख र भदौ महिनामा रु. तीन अर्ब ५५ करोड पाँच लाख बराबरको विद्युत् निर्यात भएको छ। साउनमा ४९ करोड २८ लाख ६१ हजार र भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् भारततर्फ पठाइएको छ। दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ। साउनमा प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रह्यो।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी रु. ९९ करोड ५५ लाख बराबरको विद्युत् निर्यात भएको छ। त्यसै गरी, भदौको दोस्रो हप्ता (९–१५ गते) मा सबैभन्दा कम रु. ६९ करोड ८ लाखको विद्युत् निर्यात गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी पहिरोका कारण जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुगेपछि हाल विद्युत् निर्यातमा कमी आएको बताए । “चालू आवमा करिब रु ३० अर्बको विद्युत् निर्यात गर्ने लक्ष्य राखेका थियौँ, तर बाढी पहिराले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा उत्पादन प्रभावित हुँदा लक्ष्यमा असर परेको छ,” उनले भने । 

प्राधिकरणले देशभित्र खपत गरेपछि बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ। हालसम्म २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्ने स्वीकृति प्राप्त भएको छ। 

बाढी पहिरोअघि दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेकामा हाल दैनिक डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ। बाढी पहिराका कारण ठूलो परियोजना, जस्तै माथिल्लो तामाकोसी (४५६ मेगावाट), सहित करिब सात सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ।

गत आवमा भारतबाट रु. १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो भने रु. १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो। यस अवधिमा, आयातभन्दा रु. १३ करोड बढीको विद्युत् निर्यात गरी नेपाल खुद विद्युत् आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको थियो।