१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्ष पन्तले बाँडे गरिब र विपन्नलाई २०० केजी मासु-चिउरा

अ+ अ-

काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष लेखराज पन्त ‘हरि’ले आफ्नो वडाका विपन्न तथा गरिबहरूलाई दशैंमा मासु र चिउरा बाँडेका छन्।

उनले आफ्नै निवासमा बोलाएर आफ्नो वडाका हरेक गरिब तथा विपन्न घरधुरीलाई २ किलोका दरले २ सय किलो मासु र २ सय किलो चिउरा बाँडेका हुन्।

उनले गतवर्ष पनि ८० घरलाई २/२ किलोका दरले मासु बाँडेका थिए। टोल सुधार समिति तथा विभिन्न आमा समूहहरुको सिफारिसका आधारमा दशैंमा दुई छाक मासु खान नपाउने अति विपिन्न, सिमान्तकृत र गरिब घर परिवारलाई कुखुराको मासु बडाध्यक्ष पन्तले बाँडेका हुन्।

उनले वडामा कुनै पनि घर परिवार दशैंमा मासु खानबाट बञ्चित हुन नपरोस्, सबैको घरमा मासु खानेहरूले खान पाउन भनेर मासु बाँडेको बताए । गरिब तथा विपन्न नागरिकहरुले दशैं नमानेसम्म आफूले पनि नमान्ने नीति अनुरुप हरेक बर्ष सहयोग गर्दै आएको उनको भनाई छ ।

समाजसेवीका रुपमा परिचित वडाध्यक्ष पन्तले जन्मदिनको अवसरमा १७ लाख रूपैयाँ विभिन्न सामाजिक संघसंस्थाहरुलाई बाँडेका थिए। उनले वडाध्यक्ष भए पनि नभए पनि बाँचुञ्जेल दशैंमा मासु, चिउरा, भूजा बाँड्ने बताए।

वडावासीले पैसा भएन भनेर मासु खानबाट कोही पनि बञ्चित हुन दशैंमा नदिने वडाध्यक्ष पन्तले बताए । मासु पाएपछि खुसी बनेका स्थानीय धिरज दराईले वडाध्यक्षले दशैं मनाइदिएकोमा खुसी ब्यक्त गरे । अर्का स्थानीय पूर्णबहादुर दराईले वडाध्यक्षले दिएको मासु घरका नातीनातिनालाई खुवाउने बताए ।

विपन्नसँग वडाध्यक्ष’ कार्यक्रम नै चलाएका पन्तको मासु बाँड्ने कार्यक्रममा पुगेका बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीले जिल्लाका ९८ वटा वडा मध्ये भरतपुर १२ का वडाध्यक्षले नमूना काम गरेको बताए ।

यस्तैं बागमती प्रदेश सांसद ईश्वर सापकोटाले वडाध्यक्षले गरेको कामले प्रेरणा मिलेको बताए। वडाभरिकै विपन्न तथा गरिवहरूहरुको आत्मा खुसी भएको भन्दैं सांसद सापकोटाले सक्ने जति सबैले आआफ्नो गक्ष अनुसार सहयोग गर्न उनले अनुरोध गरे । भरतपुर १३ मा झण्डैं ३५० जना गरिव तथा विपन्न परिवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस