काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोलाइएको छ । सुपारी निर्यातबारे छलफल गर्न बैठक हो ।
यसका लागि बुधबार बिहान साढे ११ बजे सिंहदरवारमा बैठक राखिएको छ । नेपालमा उत्पादित सुपारी निर्यातका सम्बन्धमा समस्या रहेकाले छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।