२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत

अ+ अ-

काठमाडौँ। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको नेपाली मिहिला टोलीलाई भव्य स्वागत गरिएको छ ।

बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का पदाधिकारी लगायतले यू-१९ महिला क्रिकेट टोलीलाई स्वागत गरेको हो ।

दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहेर अर्को वर्ष जनवरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट भएको हो ।

चार टोली सहभागी छनोटमा नेपाल र युएईले समान ५ जितबाट १० अंक जोडेपनि नेटरनरेटमा नेपालले युएईलाई पछि पार्‍यो ।

यसअघि युएई र थाइल्याण्ड भन्दा पछि रहेपछि छनोट हुन असफल रहेको युवा महिला टोलीले यस पटक भने विश्वकप पुगेर नेपाली क्रिकेटमा इतिहास रचेको हो । महिला क्रिकेटमा नेपालको कुनै पनि टोली विश्वकपमा छनोट भएको यो पहिलो पटक हो ।

एसिया छनोट जितेपछि नेपाल आगामी डिसेम्बरमा मलेसियामै हुने एसीसी यू(१९ महिला एसिया कपका लागि समेत छनोट भएको छ । जहाँ नेपालले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ ।

यू-१९ टी२० विश्वकपमा नेपाल समूह डी मा छ । जहाँ नेपालले अष्ट्रेलिया र बंगलादेशसहित युरोप छनोटको विजेता हुँदै छानिएको स्कटल्याण्डसँग खेल्नेछ ।

महिला क्रिकेटमा स्वर्णिम युगको सुरुवात भएको प्रशिक्षक महेश प्रसाद रिजालले बताए । टिमवर्कले नेपाल विश्वकप पुग्न सफल भएको कप्तान पूजा महतोले बताइन् ।

महिला क्रिकेट नयाँ उचाइ चुम्ने पर्खाइमा थियो । यू-१९ टोलीले त्यसलाई वास्तविकतामा परिणत गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले बताए ।