काठमाडौँ। काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
प्रहरी चौकी पाँचखालका अनुसार बिहीबार साँझ बालुवा खन्याएर फर्कँदै गरेको २२०२ नम्बरको निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।
प्रहरीका अनुसार ट्रक दुर्घटनामा ट्रक चालक स्थानीय कुमार रोक्का र माइला रोक्काको मृत्यु भएको छ।
स्थानीय खानीबाट पालुवा लिएर आएको ट्रक पालुवा खन्याएर घर फर्कने क्रममा सडकबाट करिब दुई सय मिटर तल खसेको छ।







