२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्र मन्त्री डा. राणा

अ+ अ-

सुदूरपश्चिम । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन् ।  

आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताएकी हुन् । परराष्ट्र मन्त्री डा. राणाले भनिन्, “नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन-कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो ? भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन-कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।”

उनले नेपालको दुई वटा छिमेकी देश भारत र चीनसँग परापूर्व कालदेखि नै घनिष्ठ सम्बन्ध रहेको बताइन् । 

अर्को प्रसंगमा नेपाली काँग्रेसकी नेतृसमेत रहेकी डा. राणाले ठुला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबीच तल्लो तहदेखि नै समझदारी एवं सहकार्यका लागि संयन्त्र बनाइएको बताइन् । उनले भनिन्, “देशमा स्थायी सरकार बनाएर लग्ने भन्ने नेताहरूको योजनालाई साकार पार्न पनि यस्तो संयन्त्र बनाइएको हो ।”

परराष्ट्र मन्त्री डा. राणा आफ्नो गृह जिल्ला डडेलधुराको उग्र तारालगायत मन्दिरमा लाग्ने मेलामा सहभागी हुन धनगढी हुँदै आज डडेलधुरा गएकी छन् । पूर्व प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवा केही दिनदेखि डडेलधुरामै छन् ।