भैरहवा । नेपाल सरकारका उपसचिवले मंगलबार आत्महत्या गरेका छन् । प्रदेश नम्वर ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्यले मंगलबार बेलुकी प्लाष्टिकको डोरी प्रयोग गरी झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनले आफु बस्दै आएको क्वार्टर भित्र आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए । उनको क्वार्टरमा सुसाइड नोट समेत फेला परेको प्रहरीले बताएको छ ।
सुसाइड नोटमा उपसचिव आचार्यले आफु विगत २७ वर्षदेखि मानसिक समस्यामा रहेको र उक्त पीडा सहन नसकी आत्म हत्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन्, प्रहरी प्रमुख ज्ञावालीले भने । आचार्यको भैरहवास्थित भीम अस्पतालमा बुधबार नै पोष्टमार्टम गरिएको छ ।







