२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा मयुरपछि साझा र मेट्रो यातायातको सेवा

अ+ अ-

धुलिखेल । कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा यातायात बन्द गरेपछि यातायात व्यवस्था विभागबाट अस्थायी इजाजतपत्र लिएर साझा यातायात, मेट्रो सिटी यातायात लगायत सातवटा सेवा समितिले सेवा दिन थालेका छन् ।

बिहानैदेखि काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिअन्तर्गत चल्ने सार्वजनिक यातायातले सेवा बन्द गरेसँगै यातायात व्यवस्था विभागबाट रुट परमिट लिएर काठमाडौं–धुलिखेल बस सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि बस सेवाहरुले आजदेखि नै काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सेवा दिएका हुन् ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुल्सीराम अर्यालका अनुसार विभागले गरेको आह्वानअनुरुप आजमात्रै सातवटा यातायात सेवा समितिले अस्थायी रुट परमिट लिएर बस सेवा सञ्चालनमा ल्याएको बताए ।

‘ती सेवा समितिहरुले आजका लागि अस्थायी इजाजतपत्र लिएको हो, उनीहरुले चाहेको खण्डमा स्थायी इजाजतपत्र लिएर निरन्तर सेवा दिन सक्नेछन्’– अर्यालले भने ।

यातायात व्यवस्था विभागले बुधबारदेखि नै यातायात व्यवसायीहरुलाई सवारी सञ्चालन इजाजतपत्र (रुट परमिट) खुलाएको हो । इजाजतपत्र लिन अनुमति खुलेसँगै आजदेखि काठमाडौंबाट काभ्रेपलाञ्चोकको बनेपा हुँदै धुलिखेल र पनौतीसम्म समेत साझा, मयुर र मेट्रो यातायात प्रालिले सेवा दिन सुरु गरेका छन् ।

जिल्लामा पुराना बस व्यवसायीले दिँदै आएको सेवासँगै नयाँ बस सेवा समितिले पनि थप सुविधासम्पन्न बससेवा दिन थालेपछि यात्रुहरु खुशी भएका छन् । ‘हामी सधैं पुराना बसमा यात्रा गर्नुपथ्र्यो, अहिले नयाँ बस सेवा समितिले सुविधासम्पन्न सेवा दिन थालेकोमा धेरै खृुशी छु ।’ स्थानीय बासिन्दा अशोक खनालले बताए । रासस

0 Comments