२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिपिएल : काठमाडौं गोल्डेन्सद्वारा अत्तरिया पराजित

अ+ अ-

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको छ ।

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा काठमाडौं गोल्डेन्सले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा काठमाडौंले नौ विकेट गुमाउँदै एक सय ३७ रन बनायो । एक सय ३८ रनको विजय लक्ष्य पछ्याउने क्रममा अत्तरियाले आठ विकेट गुमाउँदै मात्र एक सय २६ रन बनायो ।

काठमाडौं गोल्डेन्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए । उनले ४३ बलमा तीन छक्का र चार चौका प्रहार गरे । नरेश बुढाऐरले १७ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । रशिद खानले नौ बलमा १६ रन बनाए ।

बलिङतर्फ सिवाइसी अत्तरियाका शुभांकर उरावले तीन विकेट लिए । कृष्ण कार्की र विपीन चन्द्रले दुई दुई विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । जवाफी ब्याटिङका गर्ने क्रममा अत्तरियाले १२८ रन मात्र बनाउन सक्यो । उन्नाइसौँ ओभरमा जीतका लागि १९ रनको आवश्यकता थियो । उन्नाइसौँ ओभरमा अत्तरियाले कुनै रन जोड्न सकेन । सुबोथ भाटीले मेडन विकेट लिए । अन्तिम ओभरमा अत्तरियाले मात्र ६ रन जोड्न सक्यो । अत्तरियाका लागि गौरव चित्काराले २६ बलमा चार छक्का र एक चौकासहित ३६ रन बनाए । विपीनले अविजित रहँदै २४ बलमा दुई छक्का र एक चौकासहित २६ रनको योगदान दिए । शुभांकरले १२ रन बनाए ।

बलिङतर्फ काठमाडौं गोल्डेन्सका प्लेयर अफ द म्याच सुबोथले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै एक मेडन राख्दै १० रन खर्चे । सन्नी पटेल र रशिदले दुई दुई विकेट लिए । शाहव आलमले एक विकेट लिए । रासस

0 Comments