२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’सहित १८ जनालाई गणतन्त्र सेनानी सम्मान प्रदान

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रले गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको छ । सम्मानित हुनेहरूमा तत्कालीन चार डेपुटी कमाण्डरहरु तथा शहीद, बेपत्ता परिवार र घाइते/अपांगहरु छन् ।

गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई संस्थाको तर्फबाट र अन्यलाई प्रचण्डको हातबाट ताम्रपत्र, पदक र दोसल्ला सहित सम्मान गरिएको हो ।

माओवादी जनयुद्धमा योगदान पुर्‍याएकाहरूलाई सम्मान गर्ने उद्देश्यले सरल सहयात्री पौडेलको अध्यक्षतामा ‘गणतन्त्र सेनानी कोष’ बनाइएको छ । त्यही कोषले आज पहिलो पटक सम्मान कार्यक्रम गरेको हो ।

‘आज गणतन्त्र सेनानी सम्मानको उद्घाटन हो’ सरल सहयात्रीले भने, ‘सुरुमा पार्टी अध्यक्ष ‘प्रचण्ड’, चार जना डेपुटी कमाण्डर र शहीद तथा बेपत्ता परिवार एवं घाइते अपांगहरु समेटिने गरी बागमती प्रदेशका १३ जिल्लाबाट एक-एक जनालाई सम्मान गरेका छौं ।’ यस्तो कार्यक्रम पछि सबै जिल्लामा विस्तार गर्ने पौडेलले बताएका छन् ।