१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित गर्भपत प्रभावकारी बन्दै ग्रामीण बस्तीमा

अ+ अ-

डडेल्धुरा । केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन् ।

विभिन्न खाले औषधि तथा घरेलु साधन तथा जटीबुटीे प्रयोग गरी गर्भपतन गराउँदा विभिन्न समस्या भोगिरहेका महिला अहिले जिल्लामा रहेका स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गराएपछि गर्भपतन गराउनेकोे संख्या वृद्धि भएको हो ।

विसं २०७३ मंसिरदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवा लागू भएपछि यसलाई अझ प्रभाबकारी बनाउन आइपास नेपालले जिल्लाको भागेश्वरगाउँपालिका, परशुराम नगरपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु र गन्यापधुराका विभिन्न स्थानमा समूह गठन गरी सुरक्षित गर्भपतनबारे जनचेतना जगाउन थालेकाले खुलेर गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको कार्यक्रम अधिकृत हीरा ऐरले जानकारी गराए ।

यो आर्थिक वर्षबाट बहुउद्देश्यीय विकास समाजको आइपास नेपाल परियोजनाबाट शुरु गरिएको हेयभाव लान्छाना न्यूनीकरण कार्यक्रम संचालन भएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै आएको छ ।

सामाजबाट लान्छना हुनसक्ने भयका कारण लुकिछिपी असुरक्षित गर्भपतन गराउँदै आएका महिला कार्यक्रम लागू भएपश्चात् खुल्न थालेको बगरकोट स्वास्थ्य चौकीका सेवप्रदायक आरती बोहराले बताइन् । यो वर्षदेखि सामाजिक सचेतना कार्यक्रम र सुरक्षित गर्भपतनका बारेमा समुदायस्तरमा नै सडक नाटक, तालीमपश्चात् गाउँमै गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जोगबुढा अस्पताले जनाएको छ ।

सन्तानको इच्छा नभएका उमेर नपुगेका वा अवैध तरिकाले गर्भ रहन गएमा आधिकारिक वा तोकेको स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन गराउने व्यवस्था गरेसँगै ग्रामीण भेगमा पनि गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दिलबहादुर शाहीले बताए।

डडेल्धुरा जिल्लामा १२ वटा स्वास्थ्य संस्थामा निःशुल्क सेवा दिँदै आएको र नौ हप्तासम्मको गर्भपतन स्वास्थ्य संस्थामा नै हुने र १२ हप्तासम्मको जिल्ला अस्पताल र जोगबुढा अस्पतालबाट यो सेवा उपलब्ध भइरहेको सरोकारवालाले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस