काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ८० तथा गोलभेँडा सानो टनेलको १२० रुपैयाँ कायम भएको छ ।
यस्तै, आलु रातोको ७४, प्याज सुकेको भारतीयको ९८, रातो मुलाको ४०, लौकाको ७०, तितो करेला १२०, टाटे सिमीको १२०, अनारको ४०० रुपैयाँ रहेको छ ।
यस्तैगरी, भिण्डी १००, बरेला १००, इस्कुस ३०, पालुंगो साग १००, चमसुर साग १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।


