२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी ठगी प्रकरणको अनुसन्धान प्रभावित नपार्न गृहमन्त्री लेखकको आग्रह

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्थाहरूमा भएका ठगी र हिनामिनाका घटनामा अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न बताएका छन् ।

मंगलवार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि भइरहेको अनुसन्धानलाई स्टन्टबाजीले प्रभावित गर्न खोजिएको बताएका हुन् ।

उनले सहकारीमा गरिब तथा सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गर्ने घटना गम्भीर अपराध भएको बताउँदै यसमा विधिसम्मत अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान प्रभावित गर्ने प्रयास भइरहेको भन्दै अदालतले दिएको अनुमति अनुसार प्रहरी, सरकारी वकिल र सम्बन्धित निकायले छानबिन गरिरहेको जानकारी दिए ।

उनले अनुसन्धानलाई प्रभावित पार्ने कामलाई सरकारले मान्यता नदिने बताए।

गृहमन्त्री लेखकले मानव अधिकारको रक्षा सरकारको प्रमुख दायित्व भएको भन्दै सहकारी ठगी प्रकरणमा मानव अधिकार उल्लंघन नभएको स्पष्ट पारे ।

साथै, कर्णाली प्रदेशको शान्ति सुरक्षाबारे जानकारी लिन सुर्खेत आइपुगेका गृहमन्त्री लेखकले यहाँका सुरक्षा चुनौतीबारे टिप्पणी गरे ।

उनले कर्णालीका सबै जिल्लामा परम्परागत अपराधहरूका साथै दुर्घटना, आत्महत्या र लागूऔषध मुख्य समस्या रहेको बताए।

संविधानको रक्षा र संघीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको चेतावनी दिए ।

यस्तै, गृहमन्त्रीले सुर्खेतमा निर्माण भएको भव्य स्टेडियमको प्रशंसा गर्दै यसलाई खेलकुदको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे चर्चा गरे।

साथै, गृहमन्त्री लेखकले कर्णाली प्रदेशका तालिम केन्द्रहरू सुर्खेतमा केन्द्रित गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।