१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाफामूलक विद्यालय सञ्चालन गर्न नदिन शिक्षाविद्को सुझाव

अ+ अ-

काठमाडौँ । शिक्षाविद् तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले नाफामूलक विद्यालय सञ्चालनमा रोक लगाउनुपर्ने बताएका छन् । संसद्को शिक्षा स्वास्थ्य समितिमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै उनले शिक्षा क्षेत्रमा व्यापार गर्न दिने कि नदिने सोच्न सांसदहरूलाई आग्रह गरेका हुन् ।

‘शिक्षामा निजीकरण बढ्दै गएको छ । सार्वजनिक विद्यालयबाट विद्यार्थी भागाभाग छ । कमजोर बन्दै गएको छ, ‘उनले भने । शिक्षा जुन गति र दिशातर्फ जानुपर्ने थियो त्यसतर्फ नगएको उनले औँल्याए । सार्वजनिक विद्यालयमा राज्यको लगानी भए पनि किन गुणस्तरीय हुन सकेन भन्दै माथेमाले प्रश्न गरे । नाफामूलक निजी विद्यालय सञ्चालन गरेर समाजवादको लक्ष्य हासिल नहुने उनको भनाइ छ ।

शिक्षकलाई राजनीति गर्न दिन नहुनेमा पनि उनले जोड दिए । ‘शिक्षक प्राध्यापक राजनीतिमा लाग्न मिल्दैन, विचार उहाँहरूको अधिकारको कुरा हो तर उहाँहरूलाई राजनीतिबाट पर राख्नु पर्छ, ‘उनले भने । शिक्षक विद्यालय व्यवस्थापन समितिसँग उत्तरदायी हुनुपर्ने र विद्यालय बोर्ड अफ ट्रस्टी मोडलबाट सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । समितिले विधेयकमाथि दफाबार छलफल गर्नुअघि विज्ञहरूको सुझाव लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस