२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश लोक सेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण : अध्यक्ष रेग्मी

अ+ अ-

काठमाडौँ। लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोक सेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण रहेको बताएका छन्।

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले प्रदेश लोक सेवा आयोगले कर्मचारी नियुक्ति सिफारिसमा लोक सेवा आयोगको आधार र मापदण्ड पूरा नगरेकाले यसको कामकारबाही जोखिमपूर्ण भएको स्पष्ट पारे।

उनले भने, “नेपालको संविधानको धारा २४४ अनुसार गठन हुने प्रदेश लोक सेवा आयोगले लोक सेवा आयोगले निर्धारण गरेको आधार र मापदण्ड पालन गर्नुपर्ने प्रस्ट व्यवस्था छ। तर, प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ को दफा ११ अनुसारका सिद्धान्त र मापदण्ड सबै प्रदेशका आयोगले पूर्णरूपमा पालना गरेका छैनन्। यसले गर्दा परीक्षा प्रणाली, नियुक्ति, र सिफारिसको प्रक्रिया शंकाको घेरामा रहेको छ।”

अध्यक्ष रेग्मीले स्पष्ट आधार र मापदण्ड नअपनाई गरिएको परीक्षा, नियुक्ति र सिफारिस कानुनअनुसार बदर हुने अवस्था रहेको बताए। उनले भने, “प्रदेश लोक सेवा आयोगले गरेका निर्णय बदर भए त्यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट व्यवस्था छैन, जसले थप अन्योल सिर्जना गरेको छ।”

रेग्मीले प्रदेश लोक सेवा आयोगको पदाधिकारी नियुक्तिमा समेत त्रुटि भएको बताए। उनले मधेश प्रदेश लोक सेवा आयोगको उदाहरण दिँदै भने, “उपसचिव सरहको पदबाट अवकाश प्राप्त व्यक्तिले सहसचिव स्तरको परीक्षा सञ्चालन गरिरहेको स्थिति छ, जुन उचित मान्न सकिँदैन।”

संविधान र ऐनमा भएको व्यवस्थाअनुसार लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच स्पष्ट सम्बन्ध नरहेको अध्यक्ष रेग्मीले बताए। “प्रदेश लोक सेवा आयोगको कामको अनुगमन र मूल्यांकन गर्ने कुनै प्रक्रिया र पद्धति नै छैन। यसले त्यहाँ भएको र भइरहेको काम नै अन्योलपूर्ण बनेको छ,” उनले थपे।

अध्यक्ष रेग्मीले लोक सेवा आयोगको वर्तमान संरचनाबाटै प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सकिने दाबी गरे।

उनले भने, “लोक सेवा आयोगको प्रदेशस्तरीय संरचना अहिले नै विद्यमान छ। यस्तो अवस्थामा प्रदेश लोक सेवा आयोग पनि राख्दा कतिपय काममा दोहोरोपन आउने र सेवाग्राही मर्कामा पर्ने सम्भावना रहन्छ। न्यायपालिकाको जस्तै एकात्मक संरचनाबाट लोक सेवा आयोग सञ्चालन गर्न सकिने सम्भावनाबारे गहन अध्ययन गर्न आवश्यक छ।”

अध्यक्ष रेग्मीले प्रदेश लोक सेवा आयोगले पारदर्शिता, मापदण्ड र कानुनी प्रक्रिया पालन नगर्दा उत्पन्न समस्या समाधानका लागि आयोगका स्तरमा ठोस नीति र सुधारात्मक कदम आवश्यक रहेको धारणा व्यक्त गरे।