२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

अ+ अ-

पथरी । आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हुँदै गएका छन् ।

आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका हुन् । सरकारी पक्षबाट पनि यस्ता संस्कार र सांस्कृतिक नृत्यहरूको संरक्षणमा चासो नराख्नुले यिनको पुस्तान्तरणसमेत हुन सकेको छैन ।

पछिल्लो समय पथरी शनिश्चरे-३ शान्ति टोलका महिलाहरू यी नाचको संरक्षण र पुस्तान्तरणमा लागिपरेका छन् । यहाँ रहेको ‘महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूह’ले सँगिनी नाचको प्रचारप्रसारका साथै पुस्तान्तरणमा लागेका छन् । समूहले नयाँ पुस्तामा जानकारी दिन प्रत्येक हप्ताको मंगलबार साँझ सँगिनी प्रशिक्षण कार्यक्रम नै सुरु गरेको जनाएको छ ।  

समूहले विगत ४ वर्षदेखि आफ्नै खर्चमा सँगिनी नाचबारे प्रशिक्षण दिँदै आएको छ । समूहमा आबद्धहरूलाई आमा, बुहारी र छोरी गरी तीन वटा समूह बनाइएका छन् । यी समूहले स्थानीय स्तरमा मात्रै होइन हाल मागअनुसार छिमेकी पालिकाहरूमा समेत सँगिनी नाचका नाच्ने गरेका छन् ।

मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागिपरेको महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहलाई पुरुषहरूले समेत साथ दिन थालेका छन् । विवाह गरेर गएका महिलाहरूले आफ्ना मनमा लागेका वेदनाहरू गीतका माध्यमबाट पोख्ने ठाउँ नै हो सँगिनी ।

सँगिनी परापूर्व कालदेखि महिलाका सुखदुःखका साथै ढिकी, जाँतो पिस्दादेखि घरमा श्रीमान्, सासू, नन्द, देवर, जेठाजु र समाजमा भएका थिचोमिचोका वेदना बुहारी आमाहरूले गीतका माध्यमबाट पोख्ने गरेको बताउँछन् समूहकी अध्यक्ष देवीमाया पोखरेल । ब्राह्मण र क्षेत्री समुदायमा नाचिने सँगिनीसँगै बालन पश्चिमा संस्कृतिको प्रभाव समाजबाट हराउँदै गएको उनको भनाइ छ ।

झन्डै डेढ दशक अघिसम्म गाउँघरमा सँगिनी र बालन नाच्ने गरे पनि पछिल्लो समय भने गाउँघरमा नाच्न छोडेको स्थानीय भुवनेश्वर पोखरेलले बताए । अचेल भने गाउँका थोरै महिलाहरू भेला भएर खेल्दै आएको सँगिनी नृत्यले संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको उनी बताउँछन् ।

कुनै समय नेपालमा निकै चर्चित मानिएको सँगिनी नाच पछिल्लो समय एकादेशको कथा जस्तै बन्न लागेको अवस्थामा स्थानीय समूह संरक्षणमा जुट्नु प्रशंसनीय रहेको पथरी शनिश्चरे-३ का शिक्षक  खगेन्द्र लुइँटेलको भनाइ छ । “पहिले मान्छेहरू टाढा टाढाबाट बालन र सँगिनी नाच हेर्न पुग्थे ।

विशेषगरी बिहे, पूजा, पुराण समारोह, उत्सव आदिमा सँगिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए”, उनले स्मरण गरे, “पछिल्लो समय भने यसको संरक्षण र पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा थियो । विगत पाँच वर्षदेखि स्थानीय महिला दिदीबहिनीहरू संरक्षणमा जुटेपछि अचेल भने महत्त्वपूर्ण उत्सवमा नाच्न थालिएको छ । यो निकै सराहनीय काम हो ।”

चौध वर्षअगाडि भजनकीर्तन गर्न बनेको समूहले त्यसका साथै लोप हुँदै गरेको सँगिनीको पनि संरक्षण गर्नुपर्छ भनेर पाँच वर्षदेखि सँगिनी प्रशिक्षणका साथै ठाउँठाउँमा नृत्य देखाउँदै आएको सञ्चारकर्मी अर्जुन काफ्लेले बताए । “यहाँ सँगिनी प्रशिक्षण र नाच देखेर अघिल्लो पटक स्थानीय तहले समेत आर्थिक सहयोग गरेको थियो । यसको महत्त्व बिस्तारै बुझ्न थालिएको छ । पथरी शनिश्चरे-४ र ८ मा पनि सिको गर्न थालिएको छ, यो राम्रो कुरा हो”, उनले भने ।  

सामूहिक रूपमा सुरुआत गरेको सँगिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव पारिरहेको आमा र हजुरआमासँगै सँगिनी प्रशिक्षण लिइरहेकी बालिका अपेक्षा खतिवडाको बुझाइ छ । उनी भन्छिन् “यसले हामीलाई हाम्रो संस्कारबारे थप जान्ने मौकासमेत मिलेको छ । पश्चिमा संस्कृतिको प्रभावका बीच सँगिनी नाच के हो भनेर हाम्रो पुस्तालाई चिनाउन ठूलो मद्दत मिलेको छ ।”

पथरी शनिश्चरे-३ शान्ति टोलका ३५ परिवार यो कार्यमा सहभागी छन् । समूहलाई झापा, मोरङ र सुनसरीका क्षेत्रमा हुने धार्मिक समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ । समूहकी सचिव यशोदा पोख्रेलले समूहले सँगिनी संरक्षणमा देखाएको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको  बताउँछिन्। 

प्रशिक्षक ६८ वर्षीया नर्वदा खतिवडा मौलिक तथा परम्परागत नाचका रूपमा नाच्दै आएको सँगिनी बिस्तारै हराउँदै गएपछि यस्तो अभियान सञ्चालन गर्नुपरेको बताउँछन् । समूहले नाच संरक्षणका लागि आमा पुस्ताबाट बुहारी र नातिनी पुस्तामा सिकाउने भनेपछि आफू पनि सिकेको सीप सिकाउन नियमित रूपमा समूहमा आउने गरेको उनले बताइन् । “हराउँदै गएको मौलिक संस्कारसहितको परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी छ ।

यदि यसो नगर्ने हो भने यस्ता संस्कार र संस्कृति एकादेशको कथा हुन सक्छन् । त्यसैले मौलिक संस्कार बोकेका सँगिनी र बालनलाई महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहले जस्तै राज्यबाट आवश्यक सहयोग हुन आवश्यक छ”, खतिवडाको कथन छ ।