२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र यादवको दाबी : नेपालमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म दलालहरूले बनाउँछन् 

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।

‘नेपालमा नयाँ किसिमको अर्थव्यवस्था देखिएको छ, त्यो हो दलाल पुँजीवाद,’ उनले भने, ‘यो व्यवस्थामा दलाल बिचौलियाहरू दलाली गरेर बिना लगानी करोडौँ अर्बौँ कमाइरहेका छन् ।’ मुलुकमा दलाल, बिचौलिया र नोकरशाहहरू मन्त्रीदेखि प्रधानमन्त्रीसम्म नियुक्त गर्ने हैसियतमा पुगेको यादवले बताए ।

मुलुकको सधैँभरि बागडोर सम्हालेको काँग्रेस, कम्युनिस्ट र नोकरशाहहरूले दलाल पुँजीवादलाई संरक्षण गर्दै यसको संस्थागत गरेको यादवको भनाइ छ । उनीहरूले कमिसनतन्त्र र लुटतन्त्र संस्थागत गर्दै लोकतन्त्रलाई बर्बाद पारेको उनले आरोप लगाए ।

नेपालमा काँग्रेस र कम्युनिस्ट असफल र निकम्मा सिद्ध भएको भन्दै उनीहरूबाट अझै पनि आशा गर्नु मूर्खताबाहेक केही पनि नहुने यादवले बताए । उनले काँग्रेस, एमाले, माओवादी, राप्रप्राहरू नामका लागि फरक-फरक भनिए पनि सिद्धान्त भने सत्तामा गएर लुट्नु नै रहेको यादवले बताए । यी दलहरूले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग सबै क्षेत्रलाई ध्वस्त पारेको यादवले आरोप लगाए । मुलुक अहिले २४ खर्ब ऋणमा डुबेको र यो सबै रकम उनीहरूले भ्रष्टाचार गरेको यादवको आरोप छ ।