२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन् ।

गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजवीन जारी रहेको बताए ।

सो घटनाले आफूलाई दुखित तुल्याएको छ भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । उनले भने, ‘जातीयता र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनेछ ।’

प्रतिनिधिमण्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाइने समेत उनले बताए । प्रतिनिधिमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानवीन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दूधर्म र धर्मावलाम्बीमाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपाचार खर्च सरकारले व्यहोर्नुपर्ने लगायत माग राखेको थियो ।रासस