२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिपिएल महेन्द्रनगर र काठमाडौं फाइनलका लागि भिड्ने

अ+ अ-

धनगढी । महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ३० बनाएको थियो । एक सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिवाईसी अत्तरियाले चार विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन सक्यो ।

महेन्द्रनगर युनाइटेडका लागि आरिफ शेखले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा पाँच चौका प्रहार गरे । पुनित मेहराले २९ बलमा एक छक्का र दुई चौकासहित २६ रन बनाए । करण केसीले अविजित रहँदै २४ रनको योगदान दिए । उनले १३ बलमा एक छक्का र तीन चौका हाने । आरिफ शेख र रोहितकुमार पौडेलले समान ११ रन बनाए ।

बलिङतर्फ सिवाईसी अत्तरियाका लागि कमलसिंह ऐरीले दुई तथा कृष्ण कार्की, शुभांकर उराव, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्रले एक/एक विकेट लिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी २७ रनमा रन आउट भएपछि अत्तरियाको पारी धरमराएको थियो । ऐरीले ३४ बल खेल्दै एक छक्का प्रहार गरे । सुवाश खकुरेलले सर्वाधिक ३० रन बनाए । उनले २५ बल खेल्दै एक छक्का र दुई चौका हाने । विपीन चन्द्रले अविजित २८ रन बनाए । उनले २९ बलमा एक छक्का प्रहार गरे । गौरव चित्काराले १४ बलमा १४ रनको योगदान दिए ।

बलिङतर्फ महेन्द्रनगर युनाइटेडका रवीन क्षेत्रीले चार ओभरमा १६ रन दिएर दुई विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । भुवन कार्कीले चार ओभर बलिङ गर्दै २० रन दिई एक विकेट लिए ।

महेन्द्रनगर युनाइटेडले बुधबार फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्ससँग प्रतिष्पर्धा गर्ने छ । आजै सम्पन्न टिम चौराह धनगढीसितको खेलमा काठमाडौं गोल्डेन्स एक विकेटले पराजित भएको थियो । रासस