१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा भिन्न मत वा आलोनाको स्वतन्त्रतालाई कुण्ठित नगरिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले पार्टीमा जसले जे गरे पनि हुने स्थितिको अन्त्य गर्नुपर्दछ भन्ने सन्देश दिनै पर्नेछ । तर, अनुशासनको पालनाको सन्दर्भमा पद्धतिसम्मत गरिने बिचार अभिव्यक्ति भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने हुँदैन र कुण्ठित गरिने पनि छैन ।’

पार्टी अनुशासनको पालनामा कडाइ गर्नु जुनसुकै तहको नेता कार्यकर्ता सदस्य भएता पनि पार्टीको विधि पद्धति र निर्णयको अनुशासनको उल्लघंन गर्नेमाथि अधिकारप्राप्त निकायले बिनाहिचकिचाहट भेदभावरहित हिसाबले अनुशासनको कारबाही गर्नु । यसका लागि अनुशासन आयोगलाई सक्रिय बनाउनु ।

कम्युनिस्ट पार्टीभित्रको अनुशासनलाई मूलतः स्वेच्छिक अनुशासन भएको ‘प्रचण्ड’ले बताएका छन् । स्वेच्छिक अनुशासनको नाममा नाममा संगठनात्मक जीवनमा पालन गर्नुपर्ने अनुशासन उल्लंघन गर्नेले भने छुट नपाउने उनले बताए ।

पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको प्रभावकारी कार्यान्वयन रहेको उल्लेख गर्दै पछिल्लो समयमा यसमा समस्या देखा परेको बताएका छन् ।

प्रचण्डले भनेका छन्, ‘अहिले पार्टी संगठनमा जनवादमा जोड दिँदै गर्दा पुँजीवादी जनवाद र अराजकताको अभ्यास मौलाउँदै गएको छ । साथै केन्द्रीयताको अभ्यास वास्तविक जनवादको जगमा आधारित नभएर नोकर शाही केन्द्रीयताको रूपमा अभिव्यक्त हुने गरेको छ ।’

यस्तो अभ्यासले राम्रो नगर्ने भन्दै उनले अगाडि भनेका छन्, ‘ हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको सट्टा सामान्य जनवादी पद्धति मूलतः पुँजीवादी जनवादमा खस्कँदै गएको संकेत गरेको छ ।’

उन्नत समाजवादी विचारधारात्मक एवम् सांस्कृतिक रूपमा मात्र औपचारिक एवम् भ्रष्टीकृत पुँजीवादी जनवादको स्थानमा सच्चा जनवादको अभ्यास सुनिश्चित सकिने उनको विश्वास छ । अगाडि भन्छन्, ‘मात्र वैचारिक केन्द्रीयतामा आधारित संगठनात्मक केन्द्रीयतासहितको संगठनात्मक सिद्धान्त र पद्धतिको पालना हुने स्थिति निर्माण गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस