१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला र ऊर्जाको सवालमा जोड

अ+ अ-

बारा । महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन तथा ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल (ओनी) द्वारा आयोजित महिलाका लागि नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

खाना पकाउने, दाउरा संकलन गर्ने, विद्युतीय उपकरणको प्रयोगदेखि विद्युत् महसुल तिर्नेलगायतका कार्यमा महिलाको सहभागिता बढी रहने भएपनि त्यसको सही उपयोग, किफायती तथा सुरक्षित रुपमा प्रयोगसम्बन्धी ज्ञानको अभाव र नीति निर्माण तहमा महिलाको सहभागिता नहुँदा ऊर्जा क्षेत्रमा अनेक समस्या आएको वक्ताहरुको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछानेले महिला र ऊर्जाबीच अन्योन्याश्रित सम्बन्ध रहे पनि अहिलेसम्म राज्यको ध्यान जान नसकेको बताउँदै नगरपालिकाले यसतर्फ विशेष पहल गर्ने बताइन्।

प्रशिक्षणमा नेपाल ऊर्जा फाउण्डेशनका निर्देशक डिल्ली घिमिरेले ‘ऊर्जा सुरक्षा र ऊर्जामा नागरिकको अधिकार’, पत्रकार कृष्ण अधिकारीले ‘ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा’ तथा ओनीकी अध्यक्ष कला तिमिल्सिनाले ‘महिला र ऊर्जाका सवाल’सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रशिक्षणमा निजगढ र कोल्हवी नगरपालिकामा ३५ जना महिलाको सहभागिता रहेको थियो ।

सहभागी महिलाले महिला र ऊर्जाको विषयलाई स्थानीयस्तरसम्म विस्तार गर्ने उद्देश्यले निजगढमा दुर्गा कोइराला र कोल्हवीमा कोपिला पौडेलको संयोजकत्वमा ओनीको शाखासमेत गठन गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस