काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद परिवारसँग भेटघाट गरेका छन् । बाँकेको खजुरा-३ धवलागिरि गाउँमा शहीद डम्बर रानाभाटको घरमा पुगेका हुन् ।
‘प्रचण्ड’ले धवलागिरि क्षेत्रका शहीद परिवारसँग भेट गर्दै शहीद परिवारसँगै खाना खाएको सचिवालयले जनाएको छ ।
यसअघि उनले बर्दियाको बबई पुल आसपासका मध्यवर्ती क्षेत्रका जनताको समस्या पनि सुनेका थिए । सरकारबाट हटेपछि ‘प्रचण्ड’ले देश दौडाहा बढाएका छन् ।