काठमाडौँ । नेपाल निजामती संगठन भोजपुरको १२ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जनक सापकोटाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष (खुल्ला) कुमार राई, उपाध्यक्ष (महिला) ममता दियाली, सचिव सुमनहरि राई, सहसचिव राजन कोइराला, कोषाध्यक्ष खम्बसि भुजेल चयन भएका छन्। सदस्यहरूमा टिकाराम प्रधान, सुमन अधिकारी, मनोज मेहता, सुस्मा अधिकारी, सुवास तामाङ, चिन्तामनि पोखरेल, तोयाराज दुलाल, सुरेश कुमार चौधरी, सोनिया पुन, दिवस खड्का, निर्मल आचार्य चयन भएका छन्।
केन्द्रीय प्रतिनिधिमा टिका पाठक पराजुली र प्रकाश कुमार बिसी रहेका छन् भने प्रदेश प्रतिनिधिमा मोतीराम खनाल र कविता राई निर्वाचित भएका छन्। लेखा समितिको संयोजकमा सन्तोष कटुवाल र सदस्यहरूमा भिम घिमिरे तथा देवेन्द्र प्रधान चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास थिए। विशेष अतिथिहरूमा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवीराम चौलागाईं, प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा, नेकपा एमाले जिल्ला कमिटी भोजपुरका सचिव एक्सन राई, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य खगेन्द्र नेपाल लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनमा उपस्थित अतिथिहरूले निजामती कर्मचारीहरूले जनताका लागि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। निर्वाचित अध्यक्ष जनक सापकोटाले आफ्नो कार्यकालमा संगठनलाई देशभरकै उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए।