१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न खोज्दै छन् : ओमकुमारी पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पकड बढाउँदै लैजाँदा ‘हेडक्वार्टर’ नजिकका नेताहरुले प्रतिवाद थालेका छन् ।

अखिल क्रान्तिकारीको निर्वाचनमा जनार्दनको प्यानलले अध्यक्षबाहेक अन्य पदमा बहुमत जितेपछि उनीमाथि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधरले पार्टी कमजोर र गुट बलियो बनाउन खोजेको आरोप लगाइरहेका छन् ।

शर्माले आफू निटकहरुको गोप्य भेलासमेत आयोजना गरेको चर्चा चलिरहेका बेला माओवादी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले सोमबार नेतृत्वविरुद्ध मिडिया ट्रायल र भोजभतेर गरेको आरोप लगाएकी छन् ।

‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला प्रधानमन्त्रीको जनसम्पर्क विज्ञसमेत रहिसकेकी पौडेलले फेसबुकबाटै शर्माप्रति कटाक्ष गरेकी हुन् । उनले शर्मा अर्थमन्त्री भएका बेला बजेट बनाउने ठाउँमा बाहिरी व्यक्ति प्रवेश गरेको र सीसीटीभीको तार मुसाले काटेको सन्दर्भसमेत कोट्याउँदै पार्टीको मेरुदण्ड काट्न खोजेको आरोप लगाएकी छन् ।

शर्माप्रति लक्षित गर्दै पौडेलले भनेकी छन्, ‘मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लागिपर्नेलाई आमजनता र नेता कार्यकर्ताले राम्रोसँग चिनेका छन् कि ऊ अप्ठेरो त छँदै थियो र समस्या सधैँ हो, तर समाधान चाहिँ कहिल्यै होइन । इतिहास छर्लङ्गै छ त प्रचण्ड विचार हो, आन्दोलन हो, नेतृत्व हो र समाधान पनि त हो । भोजभतेरी उनलाई कसैले बुझाइदेऊ, आन्दोलन चल्न त स्पष्ट दिशा निर्देशसहितको नेतृत्व र सुविचारित संगठन चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस