२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसाइसराइ र प्रवास : अवसर, चुनौती र प्रभाव

अ+ अ-

नेपालीहरूको प्रवासनको वर्तमान अवस्था
नेपालबाट अवसरको खोजीमा लाखौँ नेपाली बिदेसिएका छन् । सन् २०२४ मा मात्र ८ लाख ५६ हजार ४२२ नेपाली वैदेशिक रोजगारका लागि बिदेसिए । त्यस्तै, १ लाख १९ हजार ४९९ विद्यार्थी अध्ययनका लागि तथा ६६ हजार ८३५ व्यक्ति स्थायी बसोबासका लागि विदेश गएका छन् । नेपालको जनसङ्ख्याको अनुपातमा यो सङ्ख्या निकै उच्च मानिन्छ, जसले गम्भीर प्रश्नहरू खडा गरेको छ ।

नेपाली प्रवासनको यात्रा
नेपालीहरूको प्रवासन नयाँ होइन । १८८० को दशकमा भारतीय मजदुरहरूसँगै नेपालीहरू फिजी पुगेका थिए । बेलायती उपनिवेशकालमा नेपालीहरू बर्मा, थाइल्यान्ड, मलेसियालगायत विभिन्न मुलुकमा पुगेका थिए । द्वितीय विश्वयुद्धपछि पनि नेपालीहरू वैदेशिक बसोबासतर्फ आकर्षित भइरहेका छन् । पछिल्ला दशकहरूमा भने बसाइसराइ झन् तीव्र भएको छ ।

बसाइसराइका प्रमुख कारणहरू

१. रोजगारी र आर्थिक अवसरको खोजी
नेपालको कमजोर अर्थतन्त्र, औद्योगिक पिछडावाद तथा सीमित रोजगारीका अवसरहरूले नेपालीहरूलाई विदेश जान बाध्य बनाएको छ । उच्च तलब, आकर्षक सुविधा र स्थिर करियरको खोजीमा लाखौँ नेपाली वैदेशिक रोजगारमा लागिरहेका छन् ।

२. गुणस्तरीय शिक्षाको खोजी
नेपालको शिक्षामा बढ्दो राजनीतीकरण, कमजोर शैक्षिक नीति तथा सीमित अवसरका कारण विद्यार्थीहरू उच्च शिक्षाका लागि बिदेसिने प्रवृत्ति बढेको छ । तर, अध्ययनपछि स्वदेश फर्कने दर न्यून भएकाले नेपाल ‘ब्रेन ड्रेन’ समस्याबाट ग्रस्त छ ।

३. परिवार पुनर्मिलन र सामाजिक प्रवृत्ति
एक पटक परिवारका कोही सदस्य विदेश गएपछि अरूलाई पनि आफ्नो बसोबास क्षेत्रमा लैजाने प्रवृत्ति नेपालमा निकै सामान्य छ । उदाहरणका लागि, अमेरिकाको एउटा शहरमा ३५ नेपाली परिवार एउटै परिवेशमा बसिरहेको पाइन्छ ।

४. राजनैतिक अस्थिरता र सुरक्षा चिन्ता
माओवादी द्वन्द्वका बेला हजारौँ नेपाली भारत, युरोप तथा अन्य मुलुकतर्फ विस्थापित भए । द्वन्द्वकै कारण बेल्जियममा माओवादी पार्टीका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको देखिन्छ । अफगानिस्तान, म्यानमार जस्ता द्वन्दग्रस्त मुलुकहरूजस्तै नेपालबाट पनि अस्थिरताको कारण मानिसहरू बाहिरिन बाध्य भएका छन् ।

५. जलवायु परिवर्तन र विपत्ति
अनियन्त्रित विकास परियोजनाहरू, जलस्रोतको ह्रास तथा बाढी–पहिरोको कारण पहाडी क्षेत्रमा बसोबास गर्नेहरू वैकल्पिक जीविकोपार्जनका लागि भारत वा खाडी मुलुकहरूतर्फ गइरहेका छन् । सरकारले प्रभावकारी व्यवस्थापन नगरेका कारण जलवायुजन्य विस्थापन अझ जटिल बन्दै गएको छ ।

बसाइसराइका सकारात्मक प्रभावहरू

१. रेमिटेन्स र आर्थिक लाभ
वैदेशिक रोजगारबाट आउने रेमिटेन्स नेपालको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको छ । यसले देशभित्रको गरिबी घटाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । साथै, परिवारहरूको आर्थिक अवस्था सुधारिएको छ ।

२. सीप र प्रविधिको स्थानान्तरण
वैदेशिक बसाइसराइले नेपालीहरूलाई आधुनिक सीप तथा प्रविधिसँग जोड्ने अवसर प्रदान गरेको छ । विदेशमा सिकेका प्रविधि र अनुभव स्वदेश फर्किएर लागू गर्न सकिने सम्भावना छ ।

बसाइसराइका नकारात्मक प्रभावहरू

१. परिवार विखण्डन र सामाजिक असर
एक सदस्य बिदेसिएपछि परिवारमा बिछोड तथा अस्थिरता देखिन्छ । बच्चाहरू अभिभावकको अभावमा हुर्किनुपर्ने समस्या नेपाली समाजमा गहिरिँदै गएको छ। 

२. ‘ब्रेन ड्रेन’ र दक्ष जनशक्ति ह्रास
नेपालका दक्ष जनशक्ति-इन्जिनियर, डाक्टर, अनुसन्धानकर्ता तथा व्यवसायीहरू बाहिरिने क्रम बढ्दो छ । यति मात्रै होइन, अहिले हरेक क्षेत्रका दक्ष जनशक्तिको रोजाई विदेश हुने गरेको छ । यसले देशको समग्र विकासमा प्रतिकूल असर पारिरहेको छ ।

३. नेपाली संस्कृति र पहिचानमा असर
विदेशमा लामो समय बसेपछि नेपाली भाषा संस्कृति कमजोर बन्ने तथा नयाँ पुस्तामा नेपाली पहिचान हराउने सम्भावना उच्च छ ।

निष्कर्ष : सन्तुलित नीति आवश्यक
बसाइसराइको अवस्था नेपालका लागि एक चुनौती र अवसर दुवैको रूपमा रहेको छ । विशेष गरी गल्फ र मलेसिया जस्ता देशमा गएका कामदारहरू कमजोर परिस्थितिका कारण शोषण र दुर्व्यवहारको सिकार भएका छन् भन्ने तथ्य हालसम्म सार्वजनिक भएको छ । यसले विदेशी रोजगारको लोभलाग्दो अवसरसँगै विभिन्न समस्या र दुष्परिणामहरू पनि उजागर गरेको छ ।

नेपाल जस्तो विकासोन्मुख देशबाट उच्च दक्षता भएका व्यक्तिहरूको बसाइसराइले हाम्रो देशले मानव पुँजी गुमाउन बाध्य भएको छ । यसमा सरकारको कुनै खास दृष्टिकोण र सरोकार देखिँदैन । दक्ष जनशक्ति बाहिर जानु केवल आर्थिक अवसरको खोजी मात्र होइन, सरकारको असमर्थता र सीमित दृष्टिकोणको कारण पनि हो ।

अन्ततः, हाम्रो समयमा पहाडबाट तराई, काठमाडौँ र काठमाडौँबाट विदेशको यात्रा गर्ने नेपालीहरूको सङ्ख्या हजारौँको सङ्ख्यामा पुगेको छ । यो एक सामान्य प्रक्रिया हो, जहाँ मानव विकाससँगै अवसरको खोजी गर्न मानिस एक स्थानबाट अर्को स्थानमा सर्छ । यो प्रवृत्तिलाई बुझ्न आवश्यक छ, विशेष गरी जब देशमा सत्ता सञ्चालन गर्ने राजनैतिक नेतृत्वको सोच सीमित र क्षमता कमजोर हुन्छ । यस्तो अवस्थामा विकासका सम्भावना धुमिल हुने र सक्षम व्यक्तिहरूलाई अवसरको खोजीमा विदेश जान बाध्य पार्न सकिन्छ ।

सरकारको जिम्मेवारी भनेको भनेको देशभित्र अवसरहरू सिर्जना गर्ने र नयाँ काम गर्ने चाहने व्यक्तिहरूको लागि सहज वातावरण बनाउनु हो । विदेश जानुअघि घरमै बसेर पनि व्यक्तिहरूको समृद्धि र विकास सम्भव हुन्छ भन्ने देखाउनु आजको आवश्यकता हो । बिदेसिनुलाई केवल नकारात्मक दृष्टिकोणबाट मात्र हेर्नु उचित होइन; यसका नफा, घाटा र चुनौती दुवै छन् । जबसम्म शिक्षा व्यवहारिक र प्रोत्साहक बनाइँदैन र नोकरशाही र बाधाका कारण व्यक्तिहरूको क्षमता र अवसरलाई सीमित गरिन्छ भने, बिदेसिनुको सङ्ख्या घट्ने होइन, बरु बढ्दै जाने छ ।