काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै परेको रिटमा सर्वोच्चले अन्य आदेश दिएको अदालतका प्रवक्ता अच्युत कुईकेलले बताए ।
न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले पाण्डेकी पत्नी मञ्जुले दायर गरेको रिटमा माग बमोजिम आदेश दिन अस्वीकार गरेको उनले बताए ।
आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै पाण्डेकी पत्नी मञ्जु पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।