२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर

अ+ अ-

वस्तुगत प्रश्नोत्तर

१.वैदेशिक रोजगारीका क्रममा जेलमा परेर कानुनी उपचार नपाएका नेपालीको कानुनी प्रतिरक्षा सम्बन्धमा के व्यवस्था रहेको छ ?

–नेपाल सरकारले प्रतिरक्षा गर्ने

२. बङ्गालको खाडीबाट नेपालसम्म पनी जहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच कहिले सम्झौता भएको हो ?

–वि.स. २०७४ चैत २४

३. नेपालको कुन ठाउँमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ ?

–दैलेखको दुल्लु

४.जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाई’ बनाइएकोे हो ?

–वि.स. २०७४ चैत २९

५. Face to face Contact Disease भनी कुन रोगलाई चिनिन्छ ?

–ठेउला

६.‘प्रोक्सिमा बी’ भनेको के हो ?

–पछिल्लो समयमा वैज्ञानिकहरुद्धारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकुल रहेको ठानिएको एक ग्रह
(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दो जुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

७. राष्ट्रिय झण्डा दिवस कुन दिन मनाउने गरिन्छ ?

–वैशाख १

८. संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्मा नेपाल कहिले निर्वाचित भएको हो ?

–सन् २०१७ अक्टोवर १६
–एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित पाकिस्तान, अफगानस्तान र कतार निर्वाचित भएका ।
–प्रिषद्मा रहि नेपालले सन् २०१८ जनवरी १ देखि जिम्मेवारी बहन गरेको ।

९.चालक दलका दश सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान कहिले दुर्घटनाग्रस्त भयो ?

–सन् २०१८ अप्रिल ११

१०. प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल किनारबाट देशवासीका नाममा सम्बोधन कहिले गरियो ?

–वि.स. २०७५ वैशाख १
(कर्णाली प्रदेश सरकारको आयोजनामा शुरु भएको कर्णाली रारा पर्यटन वर्ष २०७५ को अभियान उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारा बाट देशबासीका नाममा सम्बोधन गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सङ्कल्प व्यक्त गरेका ।)

विषयगत प्रश्नोत्तरहरु

१.निजामती कर्मचारीलाई कुन अवस्थामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ ? लेख्नुहोस् ।
निजामति सेवा ऐन, २०४९ को दफा ६१ (१) अनुसार निजामती कर्मचारीलाई निम्न कुनै अवस्थामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट  हटाउन सकिने व्यवस्था छ :

क) निजामती कर्मचारीले अयोग्यताका कारण आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा,
ख) आचरणसम्बन्धी कुरा बराबर उल्लङ्घन गरेमा ,
ग) कार्यालयको समयमा बराबर मादक पदार्थ सेवन गरेमा,
घ) बराबर अनुशासनहीन काम गरेमा,
ङ) राजनीतिमा भाग लिएमा ,
च) आफ्नो पदको जिम्मेवारीको बराबर बेवास्ता गरेमा,
छ) बिदा स्वीकृत नगराई लगातार ९० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा,

२. निजामती कर्मचारीको तलबभत्ता के कस्तो आधारमा पुनरावलोकन गर्ने व्यवस्था छ ? लेख्नुहोस् ।
निजामती सेवा ऐन, २०४९ को दफा २७ (१क) मा निजामती कर्मचारीको तलबभत्ता र अन्य सुविधा पुनरावलोकन गर्न मुख्यसचिवको अध्यक्षतामा तलबभत्ता पुनरावलोकन समिति गठनको व्यवस्था छ । सो समितिले प्रत्येक वर्ष उपभोक्ता मूल्य सूचीको आधारमा महँगी भत्ता निर्धारण गरी नेपालसरकारलाई सिफारिस गर्ने र प्रत्येक ३ वर्षमा निम्न पक्षलाई आधार बनाई तलबभत्ताा र अन्य सुविधा पुनरावलोकन गर्ने व्यवस्था छ :
(१) राजस्व वृद्धिदर,
(२) कुल दरबन्दी सङ्ख्या,
(३) विगत ३ वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्ता,

३. कार्यपालिकाले गर्ने प्रमुख पाँचवटा कार्य उल्लेख गर्नुहोस् ।
राज्यको कानुन कार्यान्वयन गराउने मन्त्रीहरुसहितको मन्त्रिपरिषद् कार्यपालिका हो यसलाई सरकार पनि भनिन्छ । यस अन्तर्गत सरकार प्रमुख अर्थात प्रधानमन्त्री, मन्त्री, निजामती सेवा, सेना, प्रहरीजस्ता निकाय पर्छन् । त्यसैलै यसको कार्यक्षेत्र व्यापकक हुन्छ, यसले गर्ने प्रमुख पाँचओटा कार्य निम्न छन् :
(१) देशमा शान्ति सुरक्षा कायम गर्ने,देशको रक्षा गर्ने, प्रतिरक्षा गर्ने,
(२) राष्ट्रिय नीतिकको तर्जुमा गरी कार्यान्वयन गर्ने, संसदले बनाएका कानुन लागू गर्ने,संसदले दिएको अख्तियारभित्र रही संविधान अनुकुल हुने गरी नियम,विनियम बनाउने, लागू गर्ने,
(३) आयव्ययको विवरण बजेट तयार गरी संसदमा पेस गरी संसदबाट बजेट पारित गराई लागू गर्ने,
(४) अन्तर्राष्ट्रिय निकायमा देशको प्रतिनिधित्व गर्ने, कुटनीतिक सम्बन्ध कायम गर्ने ।
(५) राज्य सञ्चालनका लागि नियमित, आकस्मिक र विकासत्मक कार्य गर्ने ।

४. भन्सार महसुलबारे संक्षेपमा उल्लेख गर्नुहोस् ।
दुई देशको सिमानामा एक देशबाट अर्को देशमा मालवस्तु निकासी पैठारी हुँदा लाग्ने महसुललाई भन्सार महसुल भनिन्छ । यो अप्रत्यक्ष कर हो । स्वदेशबाट विदेशमा मालवस्तु पैठारी हुँदा पैठारी महसुल लाग्छ । यसरी निकासी महसुल र पैठारी महसुल गरी भन्सार महसुल दुई प्रकारको हुन्छ । मालवस्तु निकासी पैठारीकर्ता यस करका कानुनी करदाता हुन् भने निकासी पैठारी गरिने मालवस्तुको मुल्य र परिमाण यस करको कानुनी आधार हो । भन्सार महसुल मुल्यगत र वस्तुगत गरी दुई आधारमा असुली गरिन्छ । नेपालको भन्सारले परम्परागत रुपमा राजस्व सङ्कलन गर्दै आएकोमा हाल आएर राजस्व सङ्कलन ,व्यापार सहजीकरण तथा सीमा व्यवस्थापन जस्ता कार्य गर्दै आएको छ । नेपालमा भन्सार महसुललाई व्यवस्थित गर्न भन्सार ऐन, २०६४ र भन्सार नियमावली, २०६४ लागू गरिएको छ । भन्सार विभाग र सोअन्तर्गत भन्सार कार्यालयहरु नेपालको सिमानामा स्थापना गरिएका छन् र पनि नेपालमा यो अझै व्यवस्थित हुन सकेको पाइँदैन ।

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

https://www.prasashan.com/category/loksewa/