२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत कार्यालय लहानको कामकाज प्रभावित

अ+ अ-

सिरहा । गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानका स्थानीयले दुई दिनदेखि मालपोत कार्यालय अगाडि धर्ना दिएका छन् । संघर्ष समिति गठन गरेर उनीहरूले धर्ना दिएपछि कार्यालयको कामकाज प्रभावित बनेको हो ।  

संघर्ष समितिका संयोजक अरुण केसीले नाप नक्सा भएर जग्गा रोक्का रहँदा सास्ती खेप्नुपरेको बताए । उनले  जायज माग पूरा नभएसम्म धर्नालाई निरन्तरअघि बढाउने बताए । “लहान नगरपालिकाको सयौँ घर परिवारको गाउँ ब्लकको जग्गा नाप नक्सा भएर पनि फुकुवा भएको छैन”, उनले भने, “पटक-पटक सम्बन्धित निकायमा धाउँदा समस्या समाधान भएन । बाध्य भएर धर्नामा बस्नुपर्ने अवस्था हो ।” 

संयोजक केसीका अनुसार गाउँ ब्लकमा रहेको जग्गा विसं २०७५ देखि फुकुवा नहुँदा बैंक तथा वित्तीय संस्थाबाट कारोबार र खरिद बिक्रीसमेत ठप्प भएको छ । 

यसअघि संघर्ष समितिले माघ १४ गते लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, लहान र नापी कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । हाल नगरपालिकाका जनप्रतिनिधिसमेत धर्नामा बसेका छन् । लहान नगरपालिकाका १५ हजार घरपरिवारको यो समस्या भएकाले धर्ना कार्यक्रममा उपस्थिति भएर लहान नगरपालिकाबाट समर्थन गरेको नगर उपप्रमुख राम चलितर महतोले बताए । उनले भने, “यो समस्या समाधान गर्न २० वर्षदेखि सम्बन्धित मन्त्रालय विभाग हरेक ठाउँमा पुगेर थालेको प्रयास सफल हुन सकेपछि आन्दोलनलाई लहान नगरपालिकाले उचित ठानेर समर्थन गरेका छौँ ।” 

लहान नगरपालिका-६ का वडाध्यक्ष रमेश गौतम, न्यायिक समिति सदस्य महेन्द्र ठाकुर, लहान-५ का पूर्ववडाध्यक्ष मो सेलेमान अन्सारी, नेपाली काँग्रेस नगर सभापति सञ्जयकुमार यादवलगायतले मालपोत कार्यालयमा धर्नामा उपस्थित भएर भौतिक समर्थन गरेका छन् । 

गाउँ ब्लक संघर्ष समितिले थालिएको आन्दोलनमा मालपोत कार्यालय लहान शाखामा रहेको लेखापढी व्यवसायी संघको समर्थन रहेको संघका अध्यक्ष रामनारायण यादवले बताए । 

कार्यालयको मूल प्रवेशद्वारमा धर्ना बसेपछि कार्यालयको कामकाज प्रभावित भएको कार्यालय प्रमुख अर्जुन मण्डलले बताए । समस्या समाधानका लागि सम्बन्धित निकायबाट पहल गरिरहेको जानकारी दिँदै उनले भने, “यस विषयमा माथिको निर्देशन आएपछि मात्रै समस्या समाधान गर्न सकिने देखिन्छ । यो लहानको समस्या मात्रै नभएर देशव्यापी समस्याको रूपमा रहेको छ ।”