६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमल थापाले भने-पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘राजाको यतिमात्रै चाहना रहेको छ । देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ । राजाले फेरि निरङ्कुश व्यवस्था र राजसंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन । राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु ।’

पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको उनले बताए ।

राजाको सदासयतालाई नकारात्मक रूपमा लिन र टीका टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाई प्रजातन्त्र, दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको समेत दाबी गरे ।

कसैलाई निषेध नगरी सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले राजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रूपमा ग्रहण गर्दै यो प्रस्ताव साकार पार्न राप्रपा नेपाल तयार रहेको र जनदबाब शिर्जना गर्ने काममा क्रियाशील बन्ने समेत उद्घोष गरे । कार्यक्रममा अर्थबिद डाक्टर विश्व पौडेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई ,भास्कर भद्रा र निरज शाहले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस