२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ। रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको अदालत स्रोतले जनाएको छ।

कार्कीले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सरकारी निर्णय बदर गरी पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

बिहीबार सर्वोच्च अदालतमा पेस गरिएको रिट निवेदन अदालत प्रशासनले अध्ययन गर्नुपर्ने भन्दै बिहीबार दर्ता गरेको थिएन। शुक्रबार दर्ता प्रक्रिया अघि बढेसँगै रिट न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गरेको हो।

सामान्यतया रिट निवेदन दर्ता भएपछि लगत्तै सुनुवाइका लागि पेसी तोकिने भए पनि तिहार बिदाका कारण कार्कीको निवेदनमाथिको प्रारम्भिक सुनुवाइ पछि सरेको हो। शनिबारेदेखि कात्तिक २५ गते बुधबारसम्म बिदा रहेकाले कात्तिक ३० गतेका लागि पेसी निर्धारण गरिएको अदालत स्रोतको भनाइ छ।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी.लाई नयाँ महानिरीक्षक नियुक्त गरेको थियो। कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको थियो।

0 Comments