१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकरणबिना नै सुत्केरीको शल्यक्रिया

अ+ अ-

दुनै, डोल्पा । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ ।

पन्ध्र श्यया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको जिल्ला अस्पातल डोल्पाले जानकारी दिएको छ ।

जिल्ला अस्पताल डोल्पामा सामग्री अभाव र फिजिसियन डाक्टर नभएका कारण अन्य शल्यक्रिया नहुने र बच्चा जन्मदिन नसकेका महिलाको मात्र शल्यक्रिया हुने तर शल्यक्रियाका लागि आवश्यक सामग्री एवं उपकरणबिनानै शल्यक्रिया गरिने सूचना आधिकारी तारा बोहराले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पतालमा शल्यक्रियाका लागि छुट्टै जनशक्ति र उपकरण नभएकाले जिल्ला अस्पतालका अन्तरंग कक्षका कर्मचारीको सहयोग र अनुभवका आधारमा शल्यक्रिया गरिन्छ ।

जिल्ला अस्पतालमा भनेअनुसार उपकरण र जनशक्ति अभावले गर्दा सामान्य प्रकारका शल्यक्रिया पनि नभएर तराईका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स तथा सूचना अधिकारी तारा बोहराले बताए ।

जिल्लाभरिमा सुत्केरी महिला भरपर्दो प्रसूति सेवाका लागि जिल्ला अस्पताल आउने गरेता पनि जिल्ला अस्पतालले भने उपकरणबिनानै जोखिम मोल्दै सुत्केरीको शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

स्थानीय सरकार आएपछि सबै प्रकारका उपचारमा औषधि, उपकरणको समस्या भएको जिल्ला अस्पतालको दाबी छ । दैनिक प्रशासनिक खर्चको रकम स्थानीय तहमा गएपछि जिल्ला अस्पतालमा अप्ठ्यारो परेको बुझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस