६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बुलेट आमा’ लाई काठमाडौँ महानगरले गर्‍यो सम्मान

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘बुलेट आमा’ सुशीला उप्रेती तिवारीलाई सम्मान गरेको छ । बुलेट मोटरसाइकल यात्राको प्रशंसा गर्दै महानगरले उनलाई सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरेको छ ।

बिहीबार उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंसा पत्र प्रदान गरेकी हुन् । सो क्रममा उपप्रमुख डंगोलले सुशीलाको आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् ।

उपप्रमुख डंगोलले तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् ।

‘नेपाली महिलाले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरू महिलाका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो,’ डंगोलले भनिन्  ।

झापाको बुधबारे बसोबास गर्ने तिवारीले नेपाली महिलाको राष्ट्रिय पोसाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै ५ भदौमा मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् ।

नवौँ दिनमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको गड्डाचौकीमा पुगेर उनले आफ्नो यात्रा समापन गरेकी थिइन् ।

विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनी भन्छिन्, ‘साहसी र सशक्त नेपाली महिलाको पहिचान प्रवर्द्धन गर्न अब भारत, बांङ्लादेश, मलेसिया हुँदै थाइल्यान्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

प्रतिक्रिया दिनुहोस