२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय संगठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय संगठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ । 

पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरूप विश्वमा स्थापित विभिन्न राजनीतिक दलका संगठन तथा अन्तर्राष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने र आपसी सम्बन्ध बढाउँदै लगिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपा नेपालको अन्तर्राष्ट्रिय आन्दोलन र संगठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति तथा पार्टी सदस्यलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए । उनले भने, “विश्वमा स्थापित राजनीतिक दलहरूको एसियाली साझा संस्था ‘सोक्डेम एसियाप्यासिफिक’ को फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको ‘स्टेरिङ’ कमिटीको बैठकले जसपा नेपाललाई सदस्यता प्रदान गरेको छ ।”

त्यसैगरी चिलीको राजधानी स्यान्टीयागोमा सम्पन्न ‘प्रोग्रेसिवएलाइन्स’ को ग्लोबल कन्फेरेन्सबाट जसपा नेपालले सर्वसम्मतिबाट सदस्यता प्राप्त गरेको छ । ‘प्रोग्रेसिवएलाइन्स’ श्रमिक, सामाजिक लोकतान्त्रिक र समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन हो । यसले समानता, स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धतालाई विश्वव्यापी अभियानका रूपमा कार्य गरिरहेको छ । उक्त सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापाको सहभागिता रहेको सो पार्टीले जनाएको छ ।