काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरामाथि अनुसन्धान गर्न ५ दिनको अनुमति दिइएको छ ।
राजावादीहरूको प्रदर्शनबाट भएको घटनालगायतका विषयबारे अनुसन्धानका लागि पक्राउ परेका मिश्र र जबरालाई काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद दिएको हो ।
अदालतले मिश्र र शमशेरसहित ११ जनालाई अनुसन्धानका म्याद थप गरेको छ ।