काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ ।
लोकसेवा आयोगमा कार्यरत झकप्रसाद आचार्य अर्थ मन्त्रालयमा सरुवा भएका छन् । गृहमन्त्रालयमा कार्यरत श्यामप्रसाद भण्डारीको अर्थमा नै सरुवा गरिएको छ ।
अर्थमन्त्रालयमा कार्यरत मुकुन्द निरौला सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका छन् । त्यस्तै सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव प्रकाश दाहाल श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् ।
अर्थ मन्त्रालयमै कार्यरत शोभाकान्त पौडेल लोकसेवा आयोगमा सरुवा भएका छन् । गृहमन्त्रालयमा कार्यरत विनोदप्रसाद सिंहको सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएको छ ।
अन्य केही सहसचिवको पनि सरुवाको तयारी भइरहेको बताइएको छ ।







