१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेम्बर टोली थाइल्यान्ड प्रस्थान

अ+ अ-

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थाइल्यान्ड गएको छ ।

निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेशकुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति अर्जुनप्रसाद शर्मा प्रधानमन्त्री ओलीसँगै आज थाइल्यान्ड प्रस्थान गरेका छन् ।

थाइल्यान्ड भ्रमण क्रममा द्विपक्षीय व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि लगायत विषयमा समझदारी एवं सम्झौता हुने चेम्बरले जनाएको छ ।

चेम्बर र टुरिज्म काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा छुट्टै सम्झौताको तयारी समेत भएको छ ।

चेम्बर पदाधिकारी टोलीले त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ ।

थाइल्यान्डको निजी क्षेत्रसँग द्विपक्षीय व्यापार सहजीकरण, नेपालमा लगानी अभिवृद्धि जस्ता विषयमा छलफल गर्न लागिएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

नेपाल र थाइल्यान्डका पर्यटकीय क्षेत्र पहिचान र प्रवर्द्धन गर्दै संयुक्त रूपमा बजार प्रवर्द्धनात्मक अभियान, नागरिक उड्डयन क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृति आदान-प्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ । चेम्बर पदाधिकारी टोली २२ चैतमा फर्किने तालिका छ ।

प्रतिक्रिया दिनुहोस