काठमाडौँ । मुग्लिन-पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डको बन्दीपुर-१ डुम्रेबजारमा शनिबार दोश्रो चरणको कालोपत्रे गरिँदै। पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्रे गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्रे गरिएको आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पुर्वी खण्डमा हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। तस्बिर: सागर गिरी







