६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवीन्द्र र धवललाई जस्तो मुद्दा ओली र ‘प्रचण्ड’लाई पनि लगाउन सांसद तामाङको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई लगाएजस्तो मुद्दा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले ओली र ‘प्रचण्ड’ दुवैले संविधान विरोध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाएका हुन् ।

उनका अनुसार, ओलीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको वकालत गरेको भन्दै उक्त दुवै विषय संविधानमा नभएको उनको तर्क थियो ।

‘सरकारले तुरुन्तै उहाँहरू (रवीन्द्र र धवल) लाई विनाशर्त रिहाइ गरोस् । यसमा सत्यतथ्य के हो ? पार्टीले पनि माग गरेको छ,’ तामाङले भने, ‘‘ यस्तो मुद्दा लगाउने हो भने पहिला कसलाई लाउनुपर्छ थाहा छ ? केपी ओलीलाई लाउनुपर्छ ।’

प्रधानमन्त्री ओली संविधानको विरुद्धमा रहेको उनको भनाइ थियो ।

‘‘किनभने संविधानमा नभएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्नुभएको छ । उहाँ पनि संविधानको खिलापमा हुनुहुन्छ । त्यसैले उहाँलाई थुन्नुपर्छ,’ उनले भनेका छन् ।

साथै, पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’लाई पनि गिरफ्तार गर्नुपर्ने उनले बताए ।

‘प्रचण्डजीले यो कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने माग गर्दै हिँड्नुभएको छ । उहाँलाई पनि गिरफ्तार गर्नुपर्छ,’ तामाङले भनेका छन् ।

उनले गत १५ गते तीनकुनेमा भएको घटनाबारे पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्न आग्रह गरे ।

‘यो पत्ता लगाउनका लागि सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकारवादी, सञ्चारकर्मी लगायत सर्वपक्षीय जाँचबुझ आयोग गठन होस् । हाम्रो पार्टीले मागिसकेको छ । सरकारलाई यो कुरा भनिसकेका छौँ । यो कुरा पूरा होस् भन्न चाहन्छु,’ तामाङले भने ।

प्रतिक्रिया दिनुहोस