८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एमालेले कोशी प्रदेशस्तरीय जनजागरण सभा दमकमा गर्ने 

अ+ अ-

काठमाडौँ । संघीयता र गणतन्त्रको रक्षाका लागि भन्दै नेकपा एमाले कोशी प्रदेशले दमकमा जनजागरण सभा गर्ने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेशले दाबी गरेको छ ।

दमकको पशुहाटमा हुने सभा कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए । प्रेस चौतारी नेपालले सभास्थलमै आज गरेको पत्रकार सम्मेलनमा राईले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि औँला उठाउने तत्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको बताए ।

उनले भने, ‘हामीले ल्याएको संघीय गणतन्त्र जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धि हो । त्यसकै उपलब्धि रक्षाका लागि दमकमा सभा गरिन लागेको हो ।’

चैत १५ गते काठमाडौंमा हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए ।

‘प्रतिगमनकारी शक्तिहरूलाई हामी जवाफ दिन चाहन्छौँ, परिवर्तनको पक्षमा जनता जुनसुकै मूल्य चुकाउन तयार रहेका छन्’, राईले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक(आर्थिक रूपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन् ।’

सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो संख्यामा सहभागी रहने राईले जानकारी दिए । यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य संख्यामा सहभागी रहने उनको भनाइ छ ।

पूर्वबाट आउने सहभागीहरूलाई रतुवा पुल पूर्वबाट नै सभास्थलमा र्‍यालीसहित प्रवेश गराइनेछ । यस्तै पश्चिमबाट आउनेहरूलाई पश्चिम स्टेनबाटै र्‍यालीसहित सभामा प्रवेश गराइनेछ ।

सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुनेछन् । यस्तै विभिन्न कलाकारहरुले समेत प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस